सेती अस्पतालमा गरिएको परीक्षणमा थप २७५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६६० नमूना परीक्षण गर्दा २७५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार धनगढीका १२३ जना यस्तै धनगढीबाहेक कैलालीका १४२ जना र अन्य जिल्लाका १० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।हाल अस्पतालमा ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जना भेन्टिलेटरमा, १४ जना आइसियूमा, २८ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ९ जना निको भई घर फर्किएका छन् भने थप ४ जना अस्पतालमा भर्ना भएका छन् । त्यस्तै हाल अस्पतालको इमर्जेन्सी वार्डमा २३ पुरुष र १० महिला गरी ३३ जना उपचाररत छन्।