
काठमाडौं उपत्यकामा ३ हजार ९ सय भन्दा बढी सङ्क्रमित थप भएका छन् ।
नेपालमा वितेको २४ घन्टामा थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभरका प्रयोगशालामा २० हजार ५९६ जनाको पिसिआर र ७२० जनाको एन्टिजेन परिक्षण गर्दा ९ हजार ४८३ जना सङ्क्रमित भेटिएका मध्ये काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९२७ जना हुन् ।
आज काठमाडौंमा २ हजार ७८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जना सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म काठमाडौंमा १ लाख ५० हजार सङ्क्रमित भेटिएकोमा १ लाख २० हजार ४९३ निको भएका छन् भने ९१३ जनाले ज्यान गुमाएका छन् । अहिले २९ हजार १४४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
भक्तपुरमा १४ हजार ९९४ कूल सङ्क्रमितमध्ये १० हजार २८७ निको भएका छन् । भक्तपुरमा ४ हजार ५१९ सक्रिय सङ्क्रमित रहेका छन् भने अहिलेसम्म १८८ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तैगरी ललितपुरमा २५ हजार ३९८ कूल सङ्क्रमितमध्ये १८ हजार ५८३ निको भइसकेका छन् २५३ जनाले ज्यान गुमाएका छन् भने अहिले सक्रिय सङ्क्रमितको संख्या ६ हजार ५५९ रहेको छ ।