
नेपालमा वितेको २४ घन्टामा ९ हजार ४८३ जना सङ्क्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभरका प्रयोगशालामा २० हजार ५९६ जनाको पिसिआर र ७२० जनाको एन्टिजेन परिक्षण गर्दा उक्त संख्यामा कोरोना सङ्क्रमित भेटिएका हुन् ।
योसहित कूल सङ्क्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ भने ३ लाख १२ हजार १९ जना निको भएका छन् । पछिल्लो २४ घन्टामा ५ हजार २२५ जना निको भएको मन्त्रालयले जनाएको छ ।
नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको तथ्याङ्कसमेत गरी आज २२५ जनाको ज्यान गएको छ । कोरोनाबाट अहिलेसम्म ज्यान गुमाउनेको तथ्याङ्क ४ हजार ८४ पुगेको छ ।