
नेपालमा कोरोनाबाट २ सय २५ जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्ला दिनहरुमा छुटेकाहरुलाई जोड्दा आजसहित २ सय २५ जनाको निधन भएको हो ।
मन्त्रालयले हिजो पनि अघिल्ला दिनहरुमा छुटेका भन्दै १३९ जनाको र अघिल्लो दिन ८८ जनाको निधन भएको तथ्यांक सार्वजनिक गरेको थियो । मन्त्रालयले दैनिक सार्वजनिक गर्ने मृतकको विवरण र नेपाली सेनाले गरिरहेको शव व्यवस्थापनको आँकडा नमिल्दा मृतकको तथ्यांक अध्यावधिक हुने गरेको छ ।
यसअगाडी पनि एकैदिन धेरै मृतकको तथ्यांक थपिएको थियो ।