जेठ १ गतेबाट संचालन हुने भनिएको ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ स्थगित भएको ५ ।
अखिल नेपाल फुटबल संघको आयोजनामा यहि जेठ १ गते बाट हुने भनिएको उक्त फुटसल कोभिड-१९ बाट उत्पन्न प्रतिकुल परिस्थितिको कारण स्थगित गरिएको हो ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुदाँसम्म ‘ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८’ स्थगित भएको जनाएका छन् ।