काठमाडौं लगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी छ । निषेधाज्ञामा अत्यावश्यक सामाग्रीहरुको लागि बिहान ६ बजेदेखि १० बजेसम्म खुल्ला गर्न प्रशासनले अनुमति दिएको छ ।
मंङ्गलबार केटिएम दैनिकका फोटोपत्रकार उत्तम पौडेल काठमाडौंको अनामनगरस्थित भाटभटेनी पुगेर एक भिडिओ समेत उत्पादन गरेका छन् ।
भाटभटेनीमा प्रवेश गर्नको लागि बाहिर सामाजिक दूरी कायम गरेर बनाइएका गोला घेराभित्र लाइनमा बस्नुपर्ने हुन्छ ।
लाइन अगाडी बढ्दै गएपछि गेटमा रहेका कर्मचारीले ग्राहकको हातमा स्यानिटाइजर लगाइदिन्छन् । खाद्यान्न लगायत अन्य सामानहरु रहेको भुईतलामा मात्र खुल्ला गरिएको छ ।
बाहिर सामाजिक दूरी कायम गरेर भित्र पसाए पनि भित्र भने सामाजिक दूरी कायम भएको देखिदैन । ग्राहकहरुले ३ मिटरको सामाजिक दूरी कायम गर्न आग्रह गरेर २० मिनेटमा सपिङ्ग सक्नको लागि माइकिङ्ग भएतापनि त्यो पालना भने भएको छैन ।
पैसा तिर्ने काउन्टरमा सबैभन्दा बढी भिड हुन्छ । भाटभटेनीमा सामान किन्दा जाँदा ग्राहक आफैले नै सामाजिक दूरी कायम गर्नुपर्नेमा आफ्नो स्वास्थ्य प्रति सचेत नभएको पो हो कि जस्तो पनि देखियो ।
तपाईहरु पनि भाटभटेनी जाँदै हुनुहुन्छ भने भित्र सामान किन्ने ठाउँमा सामाजिक दूरी कायम गर्नुहोला ।
हेरौं भिडिओ