सप्तरीमा आज विहान मालबाहक ट्रकको ठक्करबाट एक दम्पतीको घटनास्थलमै मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पोर्ताहमा दुर्घटना भएको हो ।
दुर्घटनामा हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवाका ५० वर्षीय सत्यनारायण मण्डल र ४५ वर्षीया उनकी पत्नी सुनिता देवीको मृत्यु भएको छ । आवश्यक कामले साइकलमा सवार भएर घर नजिकै रहेको बरमझिया बजार जाने क्रममा उनीहरुलाई ना ६ ख ३८६१ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
मृतक दम्पतिको शवलाई परीक्षणका लागि गजेन्द्रनारायण सिंह असपताल राजविराज पठाउने तयारी भइरहेको र ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।