काठमाडौँ । आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका भू(भागहरुमा सामान्य बदली रहेको तथा बाँकी भू-भागहरुमा आंशिक वदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बुधबार भारी वर्षाको सम्भावना रहेको तथा बिहीबार मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
दिउँसो : देशका अधिकांश भू(भागहरुमा सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति : देशका अधिकांश भू(भागहरुमा सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।