प्रहरीले आइतबार पर्साको बहुदरमाई नगरपालिकाबाट करिब ७१ किलोग्राम गाँजा बरामद गरेको छ। बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने वर्ष ४५ को सोती कलवारको घरबाट ७० किलो ४८० ग्राम गाँजा बरामद गरेको हो ।
लागु औषध गाँजाको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा घरमा पुगेको प्रहरी टोली देख्दावित्तिकै कलवार मोटरसाइकल चढी फरार भएको र निजको घरमा खानतलासी गर्दा सुत्ने कोठाको खाटमुनि लुकाई राखिएको गाँजा प्रहरीले बरामद गरेको प्रदेश प्रहरीका प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिए ।
कलवारको घरबाट १६ थान बनाएर राखिएको ७० किलो ४८० ग्राम गाँजा बरामद गरेको उनले बताए । कलवारविरुद्ध लागू औषध गाँजा सम्बन्धी कसूरमा आजै मुद्दा दर्ता गरी खोजतलाससहित आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।