पछिल्लो २४ घण्टामा कञ्चनपुरमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भीमदत्त नगरपालिकाका ३, पुनर्वास नगरपालिकाका २ तथा बेलौरी र बेदकोट नगरपालिकाका १र१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।मृत्यु हुनेमा भीमदत्त नगरपालिका–६ का ६८ वर्षीया महिला र ४० वर्षीय पुरुष र वडा नं। ७ का ५३ वर्षीय पुरुष रहेका छन्।
त्यस्तै पुनर्वास नगरपालिका–११ का ७४ वर्षीय र वडा नं। ६ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ। बेदकोट नगरपालिका ४ की २० वर्षीया महिला र बेलौरी नगरपालिका ३ की ७२ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।