नेपालमा कोरोना सङ्क्रमणबाट एकैदिन १३९ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्ला दिनहरुमा छुटेकाहरुलाई जोड्दा आजसहित १ सय ३९ जनाको निधन भएको हो ।
मन्त्रालयले हिजो पनि अघिल्ला दिनहरुमा छुटेका भन्दै ८८ जनाको निधन भएको तथ्यांक सार्वजनिक गरेको थियो । मन्त्रालयले दैनिक सार्वजनिक गर्ने मृतकको विवरण र नेपाली सेनाले गरिरहेको शव व्यवस्थापनको आँकडा नमिल्दा मृतकको तथ्यांक अध्यावधिक हुने गरेको छ ।
यसअगाडी पनि एकैदिन धेरै मृतकको तथ्यांक थपिएको थियो ।
उपत्यकामा ३६०७ सङ्क्रमित भेटिए
नेपालमा सङ्क्रमितको संख्या ४ लाख नाघ्यो आज ९२७१ थपिए