आज संसदमा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सकेनन्। जसले गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन्।
बैठकमा जम्मा खसेको दुई सय ३२ मतमध्ये प्रधानमन्त्री ओलीले ९३ मत प्राप्त गरेका छन् । यस्तै विपक्षमा एक सय २४ जनाले मत हालेका छन् भने १५ जना तटस्थ बसेका छन् ।
प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका एक सय २१ सांसद भए पनि माधव नेपाल-झलनाथ खनाल समूहका सांसदहरू भने आजको बैठकमा अनुपस्थित थिए । एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्विप उल्लंघन गर्दै अनुपस्थित भएका हुन् ।
सोमबार बिहान सिंहदरबामा बसेको खनाल–नेपाल समूहको बैठकले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित नहुने निर्णय गरेको थियो ।
यी हुन् प्रधानमन्त्रीलाई विश्वास मत नदिने/अनुपस्थित हुने एमाले सांसद
१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणि चौधरी
१७. झपट रावल
१८. भीमबहादुर रावल
१९. दीपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भोट नहाल्ने)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने
संसद्बाट विश्वासको मत नपाएपछि ओलीले अब स्वत पदमुक्त हुनेछन्। उनलाई काम चलाउ प्रधानमन्त्री तोकेर राष्ट्रपतिले संसदभित्रबाटै बहुमतको सरकार बनाउन दलहरूलाई आव्हान गर्नेछिन्।
कांग्रेसले बहुमत आफूसहितको गठबन्धनको पक्षमा रहेको दाबी गर्दै राष्ट्रपतिसमक्ष मागदाबी प्रस्तुत गर्ने तयारीमा रहेको छ । ओलीले फेरि संसद् विघटन गर्ने या ठूलो दलको हैसियतले आफैँ सरकारको दाबी गर्ने आशङ्का पनि विपक्षी दलहरूमा रहेको छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन असफल भएसँगै अब नयाँ सरकार गठनको बाटो खुला भएको छ ।
प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि अव सरकार कसरी अगाडी बढ्छ त्यो हेर्न बाँकी छ । मतदान सकिएपछि प्रधानमन्त्री वालुवाटार प्रस्थान गरेका छन् ।