जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन्। जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले आफूहरु तटस्थ बस्ने बताइसकेपछि अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई विश्वास मत नदिने बताएका हुन् ।
विश्वासको मतको लागि संसदमा जारी विशेष अधिवेशनमा बोल्दै आफैले खारेज गरेको संसदमा फेरी आँफै उभिएर विश्वासको मत लाग्नुको कुनै आधार नभएको बताए । ‘जुन संसदमाथि तपाईंको विश्वास छैन त्यो संसदसँग तपाईंले के आधारमा विश्वासको मत माग्दै हुनुहुन्छ?’ उनले भने।
उनले प्रधानमन्त्रीले मागेजस्तो विश्वासका पक्षमा मत दिन नसकिने बताए। जसपाका निलम्बितसहित ३४ सांसद छन्। उनले सुखी नेपाली समृद्ध नेपाल भन्ने सरकारको नारा भएतापनि वास्तवमा दरिद्र नेपाल र दु:खी नेपाली भएको बताए ।