३ वर्ष वित्दा नवित्दै कम्युनिष्ट एकता क्षतविक्षत भएको र देशको संविधानलाई नै कोरोना लागेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बताए ।
विशेष अधिवेसनलाई सम्बोधन गर्ने क्रममा दाहालले सरकारको गतिविधिको कारणले गर्दा नेपालको संविधानलाई पनि कोरोना लागेर आइसीयूमा राखेको जस्तो अवस्था आएको बताए ।
संसदमा बोल्दै उनले प्रधानमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकारको लागि मार्ग प्रशस्त गर्न माग गरेका छन् ।
आफूले प्रतिनिधि सभा पुन:स्र्थापन भएकै दिन प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने स्थितिमा पनि विश्वासको मत लिनु भन्दा राजीनामा दिएर नयाँ सरकारको गठनको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।