जनकपुरधाम – सर्लाहीमा सिलौटो प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर २ नवलपुर पुनर्बास घर भइ हरिवन नगरपालिका वडा नम्बर ११ स्थित भाडामा बस्दै आएका ३५ वर्षीय बिजललाल कर्ण रहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।
गएराति कर्णले घरायसी विवादमा ३२ वर्षीया श्रीमती उशादेवी कर्णलाई सिलौटोले टाउको प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो।
हाल श्रीमान् प्रहरीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए।