मातृ देवो भवः
आमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । आज उनै आमालाई पुज्ने दिन। माता तीर्थ औँसी । शास्त्रमा आमालाई पिताभन्दा पनि धेरै माथिको ओहोदोमा राखिएको छ। संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ ।
भारतमा आज आमाको मुख हेर्ने दिन मनाइदैछ । बलिउडका कलाकारहरुले आफ्नो आमालाई सम्झेर भावुक स्टाटसहरु पोष्ट गरिरहेका छन् । आज हामी बलिउडका चर्चित आमा छोरीको कुरा गर्दैछौं जस्को अनुहार हुबहुँ मिल्छ ।
आलिया भट्ट र सोनी राजदान
बलिउडको क्यूट एक्ट्रेस आलिया भट्ट आज बलिउडमा एक चर्चित अभिनेत्रीको नाममा पर्छिन्। सानै उमेरमा नै आलियाले चर्चा बटुलेकी थिइन्। आलियाकी आमा सोनी राजदान ब्रिटिशमा जन्मिएको भारतीय अभिनेत्री हुन् । सोनीले महेश भट्टसँग १९८६ मा बिहे गरेका थिए भने आलिया १९९३ मा जन्मिएकी थिइन्। ६२ वर्षीय सोनी र आलियाको अनुहार धेरै मिल्छ।
ट्विंकल खन्ना र डिंपल कपाड़िया
बलिउडको टप अभिनेत्रीमा चर्चित डिंपल कपाड़ियाले बलिउडमा आफ्नो अलग पाहिचन बनाएकी छन्। डिंपलले १६ वर्षको उमेरमा नै ३१ वर्षीय सुपर स्टार राजेश खन्नासँग बिहे गरेकी थिइन्। १९७३ मा उनले ट्विंकल खन्नालाई जन्माएकी थिइन्। डिंपल आफ्नो आमा जस्तै स्टार त बनिनन्। डिंपल र ट्विंकलको अनुहार एकअर्कासँग हुबहु मिल्छ।
श्रुति हासन र सारिका
साउथ सुपर स्टार कमल हासनले निकै सुन्दर अभिनेत्री सारिकासँग बिहे गरेका थिए। सारिका आफ्नो जमानामा निकै चर्चित अभिनेत्री थिइन्। उनले १९८६ मा श्रुतिलाई जान्माएकी थिइन्। श्रुतिको सुन्दरतामा उनको आमाको झलक देखिन्छ। दुवैको अनुहार प्राय मिल्छ।
सोहा अली खान र शर्मिला टैगोर
आफ्नो जमानाको उत्कृष्ट अभिनेत्री शर्मिला टैगोर निकै सुन्दर अभिनेत्री हुन्। शर्मिला टैगोरले क्रिकेटर मंसूर अली खानसँग बिहे गरेकी थिइन्। शर्मिलाले १९७८ मा सहा अली खान जन्मिएकी थिइन्। सोहाको अनुहार देखेर नै सबैले शर्मिला टैगोरको छोरी भनेर चिन्छन्।
करिश्मा र बबीता कपूर
९० दशकको टप अभिनेत्री करिश्मा कपूरको आमा बबीता कपूर पनि आफ्नो जमानाको चर्चित अभिनेत्री थिइन्। बबीता र रणधीर कपूरको छोरी करिश्मा कपूरको जन्म १९७४ मा भएको थियो र उनको अनुहार पनि आफ्नो आमासँग हुबहु मिल्छ।
सारा अली खान र अमृता सिंह
अघिल्लो वर्ष सारा अली खानले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनलाई देखेर यस्तो लागेको थियो की अमृता सिंह पर्दामा आएकी थिइन्। बलिउडको सुन्दर अभिनेत्री अमृता सिंहले सैफ अली खानसँग बिहे गरेकी थिइन् । सारा अली खानको जन्म १९९३ मा भएको थियो। सारा आमाको कार्बन कपी हुन्।