काठमाडौँ । आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चचिमका भू(भागका थेरै स्थानमा मेघगर्जनसहित वर्षा भई रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
पश्चिमी न्यून चापीय प्रणाली, पूर्व(पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभाव कायमै रहकाले दिउँसो पनि केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिउँसो : देशको पहाडि भू(भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरुमा सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति : प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आँशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानहरुमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।