कैलालीकाे फूलवारी स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्य स्वयम् सेविकाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका १८ निवासी ५२ वर्षिय स्वास्थ्य स्वयम् सेविकाको कोरोना संक्रमणवाट मृत्यु भएको हो ।
उनि धनगढी उपमहानगरपालिका वडा नम्बर १८की मेलमिलाप केन्द्रकी सदस्य समेत रहेकी थिईन् ।
उनको धनगढी स्थित एक निजि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको धनगढी उपमहानगरपालिका वडा नम्बर १८का वडा अध्यक्ष मुरारी अधिकारीले जानकारी दिए ।