हिन्दु शास्त्रका अनुसार पानको पातलाई निकै शुभ मानिने गरिन्छ। कुनै पनि प्रकारका शुभ काम गर्नुभन्दा पहिले पूजापाठको समयमा पानको पातको प्रयोग गरिन्छ।पानको पातबाट केही उपाय अपनाउनुभयो भने तपाईँले सुख, शान्ति र समृद्धि प्राप्त गर्न सक्नुहुन्छ। आज हामी तपाईँलाई पानको पातबाट कसरी सुख, समृद्धि प्राप्त गर्ने भन्ने बारेमा जानकारी दिँदै छौँ।
१)मङ्गलवार वा शनिवार भगवान् हनुमानलाई पानको बिडा चढाउँदा लामो समयसम्म रोकिएका काम बन्ने गर्दछन्। बिडा चढाउनुको तात्पर्य हनुमानले आफ्नो बिडा उठाउन भन्ने हो। ध्यान दिनुहोस् उक्त पानमा खयर, सौंफ, गुलकन्द र नरिवल राख्नुहोस्। पानमा सुना वा सुपारी राख्ने गल्ती नगर्नुहोस्।
२)यदि तपाईको कुनै काम लामो समयदेखि अड्किएको छ लाखौँ प्रयास गर्दा पनि पुरा हुन सकेको छैन भने आइतबार त्यो काम गर्न निस्किनुहोस्।
घरबाट निस्किदा पानको पात आफ्नो खल्तीमा राख्नुहोस्। यसो गर्नु शुभ मानिने गरिन्छ। यो उपायले तपाईँको काम बन्ने गर्दछ।
३) पानमा लड्डु राखेर गणेश भगवानलाई अर्पित गर्दा जीवनको सार कष्ट हट्ने गर्दछ। यस बाहेक पानको पातलाई घरको द्वारमा लगाउँदा पनि घरमा नकारात्मक ऊर्जा नष्ट हुने विश्वास छ। घरमा राखेको पातको पातलाई हरेक दिन परिवर्तन गर्नु पर्दछ।
४)घरमा कसैको नजर लागेको छ भने पानको पातमा गुलाब पत्ता राखेर उसलाई खुवाउनुहोस्। यसो गर्दा नजर दोष समाप्त हुने गर्दछ।
५) यदि तपाईँको व्यापारमा कारोबार ठप्प भएको छ भने पानको पातको दान गर्दा सबै समस्या हट्नेछ। यस उपाय बुधवार अप्नाउदा शुभ मानिन्छ।