सेती अस्पतालमा गरिएको परीक्षणमा थप ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६२३ नमूना परीक्षण गर्दा ३२८ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
संक्रमितमध्ये कैलालीको धनगढीका मात्रै २४० जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका ७३ जना र अन्य जिल्लाका १५ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। हाल अस्पतालमा ५४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जना भेन्टिलेटरमा, १८ जना आइसियूमा, २६ जना अक्सिजन सपोर्टमा उपचाररत छन्। यस्तै पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ७ जना कोरोना संक्रमितको ज्यान गएको छ।