नेकपा (एमाले) फुटको अन्तिम संघारमा पुगेका बेला दुवै पक्षबीच ‘निर्णायक वार्ता’ शुरु भएको छ।
सिंहदरबारस्थित संसद् सचिवालयको २ नम्बर भवनको ४११ नम्बर कोठामा वार्ता चलिरहेको छ। वार्तामा वरिष्ठ नेता माधवकुमार नेपाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेल सहभागी छन्।
नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने अन्तिम तयारी गरेपछि ओलीले वार्ताका लागि आफ्ना दुई विश्वास पात्रलाई पठाएका हुन्।