बगे रगत ज्यान जलिए लेख्नलाई कानुन भनी
न लेखिए समाज न पोखिए कागजमा व्यथाहरू कोर्यौ बस तिम्रा इच्छा
चेलीको चोली अझै रूदैछ, तरबार दाप बाहिरै देख्छु
तिम्रो र मेरो रगत रातै हो भन्छौ अझै किन तिमि राजा र म रैती
मैलै मलाई नै चलाउन भनी व्यालेटमा पोखेथे मेरा चाहहरू
तिमि त दम्भी पो छानिएछौ, म मर्न लागेको मैले नै पत्तो पाइन
अख्तियारी तिम्रै वाहुबलीमा छ,दोष दिएर के अर्थ
बुद्दि मेरै पलाएको हो विवेक मेरै हराएको हो
खुसी नै छु छिमेकी डाकेर लेख्यौ
देउता छाडी द्रव्य साटेर लेख्यौ
मेरो ममता रित्तिएर के भोर
तिमि म भन्दा माथि नै छौ, किच्ने गरी लेख्यौ
मेरो जिन्दगी जिउने अधिकार तिमिलाई थियो
किन बन्धक राख्यौ, किन खोल्यौ वस्त्र
न सास फेर्न दियौ न वास सर्न दियौ
न जानेर लेख्यौ न जान्नेलाई लेख्न दियौ
जसरी लेखिए पनि मेरै हो भनी गर्जिएकै थिए
सपनाहरू ठेली भित्र छन् है भनी उसको पनि मन बहलाएकै थिए
आज किन फेरि तिमि तिम्रो कलमलाई दोष दिँदै छौ
बाटो कोर, म सोझो छु तिमि पनि हिँड म पनि हिँडौला