सिरहामा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । कल्यापुर–४ की ३८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि मोरङको बिराटनगरस्थित नोवेल अस्पतालमा उनलाई वैशाख २५ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।
उनको उपचारका क्रममा आज बिहान ७ बजेतिर मृत्यु भएको नोवेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यससँगै कोरोनाको दोस्रो लहरमा जिल्लामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।