आज नायिका सुहाना थापाको जन्म दिन परेको छ । आज अर्थात बैशाख २६ गते उनको जन्म दिन परेको हो । आजबाट उनि २४ बर्ष लागेकी छिन् ।
उनको जन्म दिनमा बिहानै देखि शुभकामाना दिनेको ओइरो लागेको छ । आमा झरना थापाले निमार्ण गरेको चलचित्र चलचित्र ‘ए मेरो हजुर’ ३ बाट उनले नेपाली चलचित्रमा डेब्यु गरेकी हुन् । उनको त्यो अभिनयलाई दर्शकले अत्याधिक मन पराएका थिए ।
ए मेरो हजुर’ ३ बाट नै फिल्मी क्षेत्रमा पाइला राखेकी सुहाना थापाले चलचित्र ‘डिसेम्बर फल्स’को प्रस्ताव स्विकार गरिनन् । बरु, उनी आफ्नै ब्यानरमा बनिरहेको चलचित्र ‘ए मेरो हजुर ४’मा नै व्यस्त भईन । पहिलो चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि सुहानाको अभिनयको सर्वत्र प्रशंसा भयो । यसपछि, उनलाई बाहिरी ब्यानरको चलचित्रबाट पनि अफर नआएको होइन । तर, सुहानाले आजसम्म बाहिरी ब्यानरका चलचित्रमा मन बनाएकी छैनन् ।
केही समयअघि झरना थापाको सुपुत्री भनेर परिचय पाएकी सुहाना अहिले भने नेपाली चलचित्रका लागि उदाउँदो नायिकाका रूपमा स्थापित भएकी छिन् ।
यो चलचित्र भदौको १८ गतेबाट रिलिज गर्ने तयारी भैरहेतापनि कोरोना महामारीले गर्दा केही समय लम्बिने देखिएको छ ।