महानगरपालिकाका प्रमुख भीम पराजुली मोटरसाइकलमा यात्रा गर्न थालेका छन् । कोरोना सङ्क्रमित ओसार–पसार गर्नका लागि एम्बुलेन्सका रूपमा प्रयोग आफ्नो निजी गाडी दिएका उनी शनिबार मोटरसाइकलमा दैनिक काममा निस्किएका हुन् ।
मेयर पराजुलीले शुक्रबार आफूले प्रयोग गर्दै आएको को१झ ४९४ नम्बरको टोयटा फर्च्युनर गाडीलाई जनसेवामा समर्पित गर्ने निर्णय गरेका थिए । यस्तै नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिका कार्यवाहक सभापति अरुण न्यौपाने चढ्ने बा१५च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० पनि एम्बुलेन्सका रूपमा महानगरलाई उपलब्ध गराएको छ ।
कोरोना भाइरस रोकथाम तथा निययन्त्रणका लागि मेयर दिन–रात खटिरहेका छन् । पहिलो लहरको कोरोना महामारीमा पनि एम्बुलेन्स लिएर सङ्क्रमितको घर–घर पुगेका थिए । दोस्रो लहरको कोरोना महामारीका बेला महानगरपालिका प्रमुख पराजुलीले गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितका लागि घर–घर अक्सिजनको सिलिन्डर पु¥याइरहेका छन् ।