वितेको २४ घन्टामा कोरोना भाइरसबाट ८ हजार ४१८ जना सङ्क्रमण हुँदा ७५६ बालबालिकामा सङ्क्रमण देखिएको छ ।
पछिल्ला दिनमा बालबालिकामा सङ्क्रमण बढ्दै गइरहेको तथ्याङ्कले देखाउँछ । शुक्रबार नेपालमा ८०४ जनामा, बिहीबार ८२८ जना, बुधबार ७२७ जना बालबालिकामा सङ्क्रमण देखिएको थियो त्यस्तैगरी मङ्गलबार ६२६ र सोमबार ५९५ जनामा सङ्क्रमण देखिएको थियो
नेपालमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमण तिब्र रुपमा फैलिरहँदा बालबालिकाहरु पनि यस भाइरसको सङ्क्रमणबाट ग्रसित भैरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार १७ हजार २८७ जनाको पिसिआर परिक्षणबाट ८ हजार २८७ जनामा सङ्क्रमण पुष्टि हुँदा ९ वर्षमुनीका १९५ र १० देखि १९ वर्ष उमेर समूहका ५६१ गरी कूल ७५६ बालबालिकामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले तथ्यांकले देखाउँछ ।
उमेरगत हेर्दा २० देखि ३९ वर्ष उमेर समूहका सबैभन्दा बढी सङ्क्रमित भएका देखिन्छन् । विगत १ हप्तादेखि तथ्याङ्कले पनि सो उमेर समूह बढी सङ्क्रमित भएको देखाउँछ ।
आज २० देखि २९ वर्षका १ हजार ९२० जना, ३० देखि ३९ वर्ष उमेर समूहका २ हजार २५ जना, ४० देखि ४९ वर्षका १ हजार ५४० जना, ५० देखि ५९ वर्ष उमेर समूहका १ हजार ११८ जना, ६० देखि ६९ वर्ष उमेर समूहका ५७० जना, ७० देखि ७९ उमेर समूहका २१८ जना, ८० देखि ८९ उमेर समूहका ७८ जना, ९० वर्षभन्दा माथिका १४ जना र उमेर नखुलेका ४८ जनामा सङ्क्रमण देखिएको छ ।