पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार १७ हजार ३१५ जनाको पिसिआर परिक्षणबाट ८ हजार २८७ र ९८९ जनाको एन्टिजेनबाट १३१ गरी कूल ८ हजार ४१८ जनामा सङ्क्रमण देखिएको हो । आज ५३ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ३७० जना निको भएका छन् ।
आज भेटिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लाका २ हजार २७० भक्तपुरका ३८१ र ललितपुरका ४६२ गरी काठमाडौं उपत्यकामा कूल ३ हजार ११३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ सरकारले सङ्क्रमणको साङ्लो तोड्नको लागि देशका विभिन्न जिल्लाहरु निषेधाज्ञा जारी गरेपनि सङ्क्रमण घट्न सकिरहेको छैन।