पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार १७ हजार ३१५ जनाको पिसिआर परिक्षणबाट ८ हजार २८७ र ९८९ जनाको एन्टिजेनबाट १३१ गरी कूल ८ हजार ४१८ जनामा सङ्क्रमण देखिएको हो ।
योसहित नेपालमा कूल सङ्क्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ जसमध्ये २ लाख ९८ हजार ७६५ जना सङ्क्रमणमुक्त भैसकेका छन् ।
पछिल्लो २४ घन्टामा ३ हजार ३७० जना निको भएका छन् भने ५३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ज्या नगुमाउनेको संख्या ३ हजार ६३२ पुगेको मन्त्रालयले तथ्याङ्कले देखाउँछ ।
अहिले सक्रिय सङ्क्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ जसमध्ये धेरैजसो होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ सरकारले सङ्क्रमणको साङ्लो तोड्नको लागि देशका विभिन्न जिल्लाहरु निषेधाज्ञा जारी गरेपनि सङ्क्रमण घट्न सकिरहेको छैन।