गत वर्षको इडिभी चिठ्ठाको नतिजा शनिबार सार्वजनिक हुँदैछ ।
अमेरिकाले सन् २०२० को इडीभी नतिजा आज सार्वजनिक गर्न लागेको अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डीभी प्रोग्रामले जनाएको छ। डिभीको नतिजा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सार्वजनिक हुनेछ ।
तपाईले आफ्नो डिभी परेको छ या छैन भनेर यो https://dvprogram.state.gov वेबसाइटमा गएर थाहा पाउनु सक्नुहुन्छ । डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य हान्नु पर्नेछ ।
डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा प्राप्त हुँदैन ।