
बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण भएको छ। सधै विवादमा आउन रुचाउने कंगनालाई कोरोना संक्रमण भएको खबर इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्।
‘मलाई केही दिनदेखि थकान र कमजोरी महशुस भइरहेको थियो। आँखामा पनि जलन भइरहेको थियो। हिमाञ्चल जाने सोचमा थिए। त्यसैले परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको छ।’, उनले भनेकी छिन्।
हिमाञ्चल प्रदेशको भ्रमणमा निस्कनुअघि आफूलाई भाइरस पुष्टि भएको उनले जनाएकी छिन् ।
पजेटिभ पुष्टि भएपछि आफूलाई क्वारेन्टिनमा राखेको जानकारी उनले दिएकी छिन् । क्वारेन्टिनमा आफूले भाइरसलाई नष्ट गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छिन् ।
‘मलाई थाहा थिएन कि कोरोनाले मेरो शरीरभित्र पार्टी गरिरहेको छ। अब मलाई थाहा भइसकेको छ। म यसलाई समाप्त पारिदिन्छु,’ उनले भनेकी छन्।