
सेती प्रादेशिक अस्पतालमा अक्सिजन नपाएर एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणपछि सेती प्रादेशिक अस्पतालको ११ नम्बर आईसियु बेडमा उपचाररत लोकेन्द्र जोशीको आज बिहान सवा ८ बजे अक्सिजन नपाएर मृत्यु भएको आफन्तले बताए ।दार्चुलाको शैल्यशिखर नगरपालिका– ९ का स्थायी बासिन्दा जोशी महाकाली नगरपालिकाका जिल्ला आयुर्वेदिक शाखाका प्रमुख समेत हुन् । मृतक जोशीका श्रीमती, एक छोरा र एक छोरी छन्।
झापामा भेन्टिलेटर भएको जानकारी पाएपछि परिवारले आज हेलिकोप्टरबाट झापा लैजाने तयारी गरेको थियो । पछिल्लो समय धनगढीमा सङ्क्रमितको बढ्दो सङ्ख्यालाई लाई मध्य नजर गदै प्रदेश सरकारले थप ५० बेडको अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालनको तयारी थालेको छ ।
प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले धनगढीको कोरोना अस्पताल छेउमै अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालनको लागि काम थालेको हो ।