
अण्डरवर्ल्ड डन छोटा राजनको निधन भएको छ । कोरोना संक्रमण भएपछि तिहाड जेलमा रहेका उनलाई उपचारका लागि अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा भर्ना गरिएको थियो ।
जेल अधिकारीहरुलाई उद्धृत गर्दै इण्डिया टुडेले जनाएअनुसार शुक्रबार उनको निधन भएको हो। उनको ६१ वर्षमा निधन भएको हो ।
छोटा राजनलाई २०१५ मा इण्डोनेसियाको बालीबाट प्रत्यार्पण गरेदेखि नै तिहाड जेलमा थिए । मुम्बइमा उनीविरुद्ध चलिरहेका सबै मुद्दा सीबीआइले हेरेको छ भने मुद्दाको सुनुवाइ विशेष अदालतमा चलिरहेको थिए । अघिल्लो सोमबार तिहाड जेलका सहायक जेलरले सत्र अदालतमा अहिले छोटा राजन कोरोना संक्रमित भएकोले उनलाई भिडियो कन्फ्रेन्समार्फत अदालतमा पेश गर्न नसकिने जानकारी गराएका थिए ।