भारतीय क्रिकेट टिमका क्याप्टेन विराट कोहली र उनकी पत्नी बलिउड नायिका अनुष्का शर्माले कोरोनाको महामारीमा सहयोग गर्न अभियान सुरु गरेका छन् ।
उनीहरुले फन्ड स्थापना गरेर त्यसमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् । आफुहरुले २ करोड रुपैया दान दिएर फण्ड बनाएका उनीहरुले त्यसलाई अभियानका रुपमा संचालन गर्ने घोषणा गरेका छन् ।
फन्ड रेजिङ क्याम्पेनको सुरुवात गर्दै उनीहरुले सुरुमा आफैले २ करोड जम्मा गरेका हुन् । उनीहरुले ७ करोड भारु जुटाउने योजना बनाएका छन् । यसको प्रयोग कोरोनासँग जुधिरहेका आवश्यकतामा परेका मानिसहरुका लागि गरिने उनीहरुको योजना छ । यो अभियानको नाम ‘इन दिस टुगेदर’ राखिएको छ ।
As our country battles the second wave of Covid-19, and our healthcare systems are facing extreme challenges, it breaks my heart to see our people suffering.
So, Virat and I have initiated a campaign #InThisTogether, with Ketto, to raise funds for Covid-19 relief. pic.twitter.com/q71BR7VtKc
— Anushka Sharma (@AnushkaSharma) May 7, 2021
विराट र अनुष्काले सोसल मिडियामार्फत् यो अभियानको जानकारी दिदै त्यसको रकम अक्सिजन र स्वास्थ्य उपकरणमा हुने पनि बताएका छन् । यो फन्ड रेजिङ अभियानलाई क्राउड फन्डिङ प्लेटफर्म किट्टोमार्फत् ल्याइएको छ । यसलाई सात दिनसम्म चलाइनेछ । त्यसमा जम्मा भएको राशिलाई एसीटी ग्रान्ट्समा सुम्पिइनेछ । त्यसपछि यो राशिको प्रयोग आवश्यकतामा परेकालाई अक्सिजन, स्वास्थ्य उपकरण र दक्ष जनशक्ति र भ्याक्सिनेसन फ्यासिलिटी पुर्याउनका लागि गरिनेछ ।