काठमाडौं राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरेर गृहमन्त्री रामबहादुर थापा बादल सिधै बालुवटार पुगेका छन् ।
हेटौडाबाट हेलिकप्टरमा उडेका बादल सिधै बालुवाटार अवतरण गरेका हुन् । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एमालेको आन्तरिक विवाद र चुनावी रणनीतिका बिषयमा छलफल गर्ने कार्यक्रम रहेकोले उनी हतार हतार बालुवाटार पुगेको स्रोतले बताएको छ ।