उदयपुर, २४ वैशाख । उदयपुरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर युवकको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भिरमाथी टिकटक बनाउने क्रममा लडेर धरान–५ का १८ वर्षीय सुभास परियारको मृत्यु भएको हो ।
धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो शुक्रबार बिहान पौने १० बजे हर्देनी भीरमाथि सडकमा बिग्रिएको थियो । सोही सुमोमा सवार रहेका सुभास सुमोबाट ओर्लिएर टिकटक बनाउँदै थिए ।
तर, सोहीक्रममा भिरबाट लडेर उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।