कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ मा एक घरमा आगलागी भएको छ । शुक्रवार बिहान करिब ५ बजेतिर स्थानीय दीपक साउँदको घरमा आगलागी भएको हो ।
ओलानी स्वास्थ्य चौकीका एम्बुलेन्स चालक समेत रहेका साउँद आफू बिरामी लगेर काठमाडौँ गएका बेला शुक्रवार बिहानै बिधुत सर्ट भएर घरमा आगलागी भएको स्थानीय तपेन्द्र खड्काले जानकारी दिए ।
आगलागी हुँदा लाखौँको सामाग्रीहरू जलेर नष्ट भएको उनले बताए । उनका अनुसार आगलागी हुँदा घर भित्र रहेको वर्षभरिका लागि राखिएको अन्नपात , लुगा कपडा , ईलेक्टोनिक सामाग्री, घरमा रहेका काठ, अन्य फर्निचर सामाग्री गरेर १२ देखी १५ लाख बराबरको सामान जलेर नष्ट भएको छ ।
घरमा आगलागी भएको देखेपछि स्थानीयहरूले आगो नियन्त्रणमा लिएकाले कुनै मानवीय क्षति हुन नपाएको खड्काले बताए ।