कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकामा अबैध रुपमा भेटिएको मल बरामद गरेको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटमा प्रहरी चौकी भुडाका प्रहरी सहायक निरीक्षक लोकेश नाथको कमाण्डममा खटिएको टोलीले गएराती २ बजे बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए।
उनका अनुसार दुई थान भारतिय ट्रलीमा लोड गरिएको भारतिय युरिया मलखाद बरामद गरिएको जानकारी दिए ।मलखाद सहित ट्रली छाडेर ट्र्याक्टर भागेको उनले बताए। कोभिडको दोश्रो भेरियन्टका बेला लकडाउनको समय भारतिय नाकाहरु बन्द गरिएका बेला अबैध रुपमा भित्रिने समानहरुमा कडाइ गरिएको छ।