मोरङको बिराटनगर महानगरपालिका-६ बाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् ।
विहीवार राती १० बजेको समयमा भारतिय क्षेत्रबाट नेपाल तर्फ आउँदै गरेको को२५प २५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कुटर चालक ईटहरी उप-महानगरपालिका-४ का २४ बर्षीय असिम बस्नेत र स्कुटरमा पछाडी सवार सोही स्थानका कुमार बिश्वकर्मा लागुऔषध सहित पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट प्रहरीले लागुऔषध डाईजेल्याब ३० एम्पुल, लुपिजेसिक ३० एम्पुल, फेरागन३०एम्पुल, डाईलेक्सडिसी १ बोतल, नाईट्रोजन ट्याब्लेट १० चक्की र सामसुङकम्पनिको २ थान मोवाइल बरामद गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।