काठमाडौं रेजर्स नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको रोमाञ्चक खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोलले हराउँदै काठमाडौँ प्लेअफमा प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौँलाई जिताउन मेसौके ओलोमोउले ह्याट्रिक गोल गरे भने स्टेफेन बिनोङ र छिरिङ गुरुङले समान एक गोल गरे । विराटनगरका लागि पेड्रो मान्जीले दुई गोल तथा एडिलाजा सोमिडे र रन्जित धिमालले एक–एक गोल गरे ।
जितसँगै पाँच खेलबाट दस अङ्क जोड्दै काठमाडौँ दोस्रो स्थानमा उक्लिएको छ । यस्तै ऊ प्लेअफमा पुग्ने दोस्रो टोलीसमेत बनेको छ । यसअघि धनगढी प्लेअफ पुगिसकेको छ ।
यता, विराटनगरले भने पाँच खेलमा सात अङ्क बटुलेको छ । विराटनगर तेस्रो स्थानमा छ । विराटनगरको पनि प्लेअफ सम्भावना छ ।