नेकपा एमालेका नेता माधव कुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका छन् ।
नेपालसँगै अर्का नेता भीमबहादुर रावल पनि देउवा निवास बुढानिलकण्ठमा रहेको बताइएको छ
हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले देउवालाई भेटेका थिए ।
ओलीले देउवालाई विश्वासको मत दिन आग्रह गर्दै त्यसपछि पनि सहकार्यका लागि प्रस्ताव गरेका थिए । तर देउवाले भने ओलीको प्रस्तावलाई अस्वीकार गरेका थिए ।
एमालेभित्रको विवाद बढ्दै गएपछि पार्टी विभाजनको संघारमा पुगेको छ ।
नेपाल समूह ओलीलाई विश्वासको मत नदिने पक्षमा छ ।
संसदमा फ्लोर क्रस गर्नुभन्दा त्यसअघि नै राजीनामा दिने पक्षमा देखिएको छ ।