बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । छातीमा समस्या देखिएर न्यूरो अस्पताल भर्ना भएका उनको अस्पतालमा नै निधन भएको हो ।
नेपाली सांगितिक क्षेत्रमा २०२० सालपछि हालसम्म विशिष्ठ पहिचान बनाउन सफल गायक प्रधान ८३ वर्षका थिए ।
नेपालको पहिलो व्यवसायिक चलचित्र माईतीघरमा नमान लाज यसरी गीत भारतीय गायिका उषा मङ्गेशकरसंग गाएका प्रधानले नेपाली चलचित्र जीवन रेखामा हाँसने रहरहरु आँसुमा डुबे लगायतका गीत गाएका थिए।
उनको तारा मात्र होईन तिमीलाई जुन दाईजो दिईदिउँला, पर लैजाउ फूलहरु छोपिदेउ तारा जुन जस्ता अनगिन्ती गीत लोकप्रिय छन।
हेरौं तस्विरहरु :