वितेको २४ घन्टामा कोरोना भाइरसको दैनिक सङ्क्रमण नयाँ रेकर्ड कायम भैरहँदा झण्डै ९ सय भन्दा बालबालिकामा सङ्क्रमण देखिएको छ ।
पछिल्ला दिनमा बालबालिकामा सङ्क्रमण बढ्दै गइरहेको तथ्याङ्कले देखाउँछ । बुधबार देशभर ७२७ जना बालबालिकामा सङ्क्रमण देखिएको थियो भने मङ्गलबार ६२६ र सोमबार ५९५ जनामा सङ्क्रमण देखिएको थियो
नेपालमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमण तिब्र रुपमा फैलिरहँदा बालबालिकाहरु पनि यस भाइरसको सङ्क्रमणबाट ग्रसित भैरहेका छन् ।
आज देशभरका प्रयोगशालामा २० हजार ३६७ जनाको पिसिआर परिक्षण गर्दा भेटिएका ८ हजार ६०५ सङ्क्रमितमध्ये ९ वर्षभन्दा मुनिका बालबालिकाको सङ्ख्या २२९ छ भने १० देखि १९ वर्ष उमेर समूहका बालबालिकाको संख्या ५८८ रहेको छ ।
बुधबार ९ वर्षभन्दा मुनिका २१३ र १० देखि १९ वर्ष उमेर समूहका ५२४ जनामा सङ्क्रमण देखिएको थियो ।
उमेरगत हेर्दा २० देखि ३९ वर्ष उमेर समूहका सबैभन्दा बढी सङ्क्रमित भएका देखिन्छन् । विगत १ हप्तादेखि तथ्याङ्कले पनि सो उमेर समूह बढी सङ्क्रमित भएको देखाउँछ ।
आज २० देखि २९ वर्षका २ हजार १९३ जना, ३० देखि ३९ वर्ष उमेर समूहका २ हजार २३४ जना, ४० देखि ४९ वर्षका १ हजार ५६९ जना, ५० देखि ५९ वर्ष उमेर समूहका १ हजार १६८ जना, ६० देखि ६९ वर्ष उमेर समूहका ५८० जना, ७० देखि ७९ उमेर समूहका २६८ जना, ८० देखि ८९ उमेर समूहका ८४ जना, ९० वर्षभन्दा माथिका १४ जना र उमेर नखुलेका ४३ जनामा सङ्क्रमण देखिएको छ ।