पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार २० हजार ३६७ जनाको पिसिआर परिक्षणबाट ८ हजार ९७० र ७७५ जनाको एन्टिजेनबाट १०० गरी कूल ९ हजार ७० जनामा सङ्क्रमण देखिएको हो ।
यो संख्या अहिलेसम्मको सर्वाधिक संख्या हो । हिजो ८ हजार ६५९ जनामा सङ्क्रमण देखिएको थियो भने ५८ जनाले ज्यान गुमाएका थिए । पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने ६२ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।