कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि मोरङ जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार रातिदेखि लागू हुनेगरी जिल्लाभरि निषेधाज्ञा जारी गरिने जनाएको छ ।
मोरङमा गत शनिबार रातिदेखि आशिंक लकडाउन गरिएको थियो । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको विराटनगर महानगरपालिसहित जिल्लाका अन्य स्थानमा आंशिक निषेधाज्ञा जारी गरिको थियो । तर बिहीबार विज्ञप्ति जारी गर्दै थियो । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जनाएका छन् ।
शुक्रबार रातिबाट जेठ २ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । उनका अनुसार निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरू खरिद–बिक्री गर्न छुट छ । त्यस्ता पसल पनि खुला गर्न दिइएको छ । औषधि पसललाई २४सै घण्टा तथा अत्यावश्यक खाद्यवस्तु र तरकारी पसललाई बिहान दस बजेसम्म तथा बेलुकी पाँच बजेदेखि उताको समयमा खोल्न दिइएको छ ।