अभिनेत्री अभिलाषा पाटिलको मंगलबार मृत्यु भएको छ । उनको कोरोनाको कारण उनको मृत्यु भएको हो ।
कयौं मराठी र हिन्दी फील्ममा अभिनय गरिसकेकी पटेल सुटिङको सिलसिलामा बाराणसीमा रहेकी उनमा मुम्बई फर्किएपछि कोरोनाको लक्षण देखिएको थियो ।
कोरोना संक्रमणपछि उनी मुम्बईको एक अस्पतालको आइसीयुमा भर्ना भएकी थिइन् । केही दिनपछि उनको निधन भएको हो ।
उनको श्रीमान र एक छोरा छन् ।
अभिलाषाले ‘ते अठ दिवस’, ‘बायको देताका बायको’, ‘परवास’ जस्ता कयौ मराठी फिल्ममा काम गरेकी छन् । यसको अलवा उनले ‘बद्रीनाथकी दुल्हनिया’, ‘गुड न्युज’, ‘मलाल’ र ‘छिछोरे’ जस्ता हिन्दी फिल्ममा पनि काम गरेकी छन् ।