उदयपुरको त्रियुगा नगरपालिका-९ का ५० वर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाइ ३६ वर्षीय खुसीलाल चौधरीको मृत्यु भएको छ ।
गत २० गते राती ८ बजेको समयमा सामान्य विषयलाई लिएर दाजु भाइ बिच वादविवाद भई कुटपिट हुँदा घाइते भएका खुसीलाललाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागी विराटनगर को गोल्डेन अस्पताल लगी उपचार भईरहेकोमा उपचारको क्रममा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनामा संलग्न पुलकितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।