
केटिएम दैनिक (www.ktmdainik.com) आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । २२ वैशाख २०७७ देखि विधिवत रूपमा सञ्चालनमा आएको यस अनलाइनले एक वर्षमै आफ्नो बेग्लै अनि बलियो छाप छोड्न सफल भइसकेको छ ।
पछिल्लो समयमा ५० लाखदेखि डेढ करोडसम्मको लगानीमा नयाँ अनलाइनहरू बजारमा आइरहँदा कसैबाट एक रुपैयाँ पनि नलिइकन सानो र आफ्नै लगानीमा सञ्चालनमा आएको यस अनलाइनलाई सोचेजस्तो गरी अगाडि बढाउन केही समस्या नभएका हैनन् । सानो टिम र थोरै जनशक्तिले पनि चाह्यो भने गर्न सक्छ है भन्ने उदाहरण हामी बन्नु नै खुशीको कुरा हो ।
अब अलिकति यसको विगततर्फ जाऔँ, यो डोमेन (www.ktmdainik.com) सन् २०१६ को मार्च ३१ मा किनिएको हो । त्यसबेला केही प्राविधिक समस्याले गर्दा यो डोमेन सञ्चालन गरिएन । त्यसबीचमा धेरै डोमेनहरूमा काम गरियो तर एउटा ब्रान्ड बनाएर अगाडि बढ्नुपर्छ भन्ने साथीभाइहरूको सल्लाहपछि वैशाख २०७७ देखि यो वेवसाइट सञ्चालनमा छ ।
हाम्रो नारा नै छ ‘‘जे देख्छ, त्यही लेख्छ’’ हामी कुनैपनि राजनैतिक पार्टीको गुणगान गाउन वा कुनै अमुक गुटलाई उकास्न वा पछार्नका लागि यो वेबसाइट प्रयोग गर्दैनौँ र गर्न पनि दिँदैनौँ । सकेसम्म आफूले देखेका कुराहरू स्पष्ट रूपमा राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसमा हामी कतिसम्म अगाडि बढेका छौँ, त्यो पाठकहरूले मूल्याङ्कन गर्ने कुरा हो ।
यस वेबसाइटमा प्रकाशित हुने समाचारहरू आफ्नै रिपोर्टर तथा सरकारी एजेन्सीका माध्यमबाट उत्पादन हुने भएका कारण पनि यो एक विश्वसनीय अनलाइन पोर्टल हो । यो कुरा पनि हाम्रा पाठकहरू मूल्याङ्कन गर्नुभएकै होला ।
हाम्रो यस वेबसाइटको सञ्चालन खर्च जुटाउन फेसबुकको Instant article ले धेरै हदसम्म सहयोग गरेको छ । त्यसैले पनि स्थानीय विज्ञापनदाताहरूको विज्ञापन यो वेवसाइटमा कम नै देखिन्छ । तथापि, हामी स्थानीय उत्पादनको प्रवर्द्धनका लागि भने सकारात्मक छौँ ।
र, अन्त्यमा विभिन्न जिल्ला, प्रदेश र केन्द्रमा रहेका सहकर्मी साथीहरू, वेबसाइटको प्राविधिक पाटो हेर्ने सोबिजट्रेन्ड, होस्टिङलगायत विभिन्न समस्याहरूको समाधान गर्ने हाम्रो होस्टिङ लगायत अन्य शुभचिन्तकहरू धन्यवादका पात्र हुनुहुन्छ ।
आगामी दिनमा अझ परिस्कृत हुँदै जाने र पाठकहरूका रुचिअनुसारका कन्टेन्टहरू पस्किने बाचा गर्दछौँ ।