विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–५ घर भएकी ३७ वर्षीया कोरोना सङ्क्रमित महिलाको रक्तश्राव नरोकिँदा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जनाए ।
उनका अनुसार कोरोना सङ्क्रमणसँगै अत्याधिक रक्तश्राव भइरहने समस्या भिएकी ती महिलाको उपचारका क्रममा बुधबार राति ९ः३० बजे मृत्यु भएको हो ।
उनी बुधबार दिउँसो अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । पाठेघरमा भएको सङ्क्रमणका कारण महिलालाई रक्तश्रावको समस्या देखा परेको र उक्त रक्तश्राव नरोकिएर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि भर्ना गरिएको थियो ।