काठमाडौँ । चेल्सी युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा रियल म्याड्रिडविरुद्ध २–० गोलको जित दर्ता गर्दै चेल्सी फाइनलमा प्रवेश गरेको हो ।
यसअघि पहिलो लेगको खेल १–१ गोलको बराबरी खेलेको चेल्सीले समग्रमा ३–१ को नजितासहित अन्तिम दुईमा स्थान पक्का गरेको हो । गए राति चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा घरेलु टिमको जितमा टिमो वेर्नर र मिसन माउन्टले १–१ गोल गरे ।
वेर्नरले खेलको २८औँ मिनेटमा गोल गरे भने माउन्टले ८५औँ मिनेटमा गोल गर्दै चेल्सीलाई २–० गोलको जित दिलाए ।
यससँगै चेल्सी तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । यसअघि उसले सन् २००८ मा म्यान्चेस्टर युनाइटेडसँग पेनाल्टी सुटआउटमा उपाधि भिडन्त गुमाएको थियो ।
त्यस्तै सन् २०१२ मा बार्यन म्युनिखलाई हराएर उपाधि जितेको थियो । अब, तेस्रो पटकको फाइनलमा चेल्सीले म्यानचेस्टर सिटीसँग खेल्नेछ ।
सिटी पहिलो पटक युरोपको सर्वाधिक ठूलो फुबटल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । मङ्गलबार राति भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी०विरुद्धको दोस्रो लेगको खेलमा २–० गोल र समग्रमा ४–१ को नतिजासहित सिटी फाइनल पुगेको हो ।