सञ्चार कर्मसँगै गायनमा लागेकी ईश्वरी बरालको नयाँ गीत ‘खानदानी छोरी’ सार्वजनिक भएको छ।
गीतमा बरालको स्वरसँगै राजेन्द्र भट्ट (मिस्टर आरजे)को र्याप रहेको छ। भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङ्ग विकले लेखेका हुन्। गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन्।
गीतको म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ। म्युजिक भिडियोमा र्यापर भट्टको अभिनय पनि देख्न पाइनेछ। इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो। भिडियोलाई सान थापाले निर्देशन गरेका छन्।